+
+
Shares

सिंहदरबार परिसरबाट जलेका सवारीसाधन हटाइँदै (तस्वीरहरू)

जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगेर व्यवस्थापन गर्न थालिएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज ३ गते १४:०२

३ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगेर व्यवस्थापन गर्न थालिएको छ ।

सिंहदरबार परिसरमा जलेर क्षति ग्रस्त भएका सवारीसाधनहरूलाई त्यहाँबाट उठाएर बीआईसीसी भवनभन्दा पूर्वपट्टी रहेको सडक कार्यालय परिसरमा लगेर व्यवस्थापन गर्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार मात्रै अन्यत्र लगेर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगि व्यवस्थापन गर्न मन्त्री घिसिङले निर्देशन दिएका थिए ।

ऊर्जामन्त्री घिसिङकै निर्देशनपछि सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन अन्यत्र लगेर व्यवस्थापन गर्न थालिएको हो ।

सिंहदरबारसिहत काठमाडौं उपत्यकामा मात्रै १ हजारभन्दा बढी गाडी जलेको प्रारम्भिक तथ्यांक छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?