+
+
Shares

जेनजी आन्दोलन : काठमाडौंमा कति जले सरकारी गाडी ?

आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । तर प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते ७:५२
सिंहदरबारमा जलेका सरकारी गाडी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी युवाको प्रदर्शनमा एक हजार ४२ वटा सरकारी सवारीसाधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक छ।
  • सडक विभागका ६५ वटा चारपांग्रे सवारीसाधन सबैभन्दा बढी नष्ट भएका छन्।
  • भदौ २४ गते सिंहदरबार परिसरमा सरकारी कार्यालयहरुमा तोडफोड, लुटपाट र आगजनी भएको थियो।

३१ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक छ ।

विभिन्न सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । दुईपाङ्ग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको अधिकारीहरुले बताएका छन् ।

आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको आर्थिक नोक्सानिको मूल्यांकन गर्न पनि समय लाग्ने अधिकारीहरुले बताएका छन् ।

सरकारी मुखपत्र गोरखापत्र दैनिकले सार्वजनिक गरेको एक विवरणमा सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रेस सवारी साधनहरु नष्ट भएका छन् ।

त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा चारपांग्रे गाडी नष्ट भएका छन् ।

यसैगरी शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन् ।

भदौ २३ गते जेनजी युवाको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि उच्चपदस्थ कर्मचारीहरुले सडकमा सरकारी गाडी असुरक्षित हुन सक्ने भन्दै कार्यालय परिसरमै पार्किङमा राख्न भनेका थिए । तर भदौ २४ गते आन्दोलन थप हिंसात्मक बन्दै सिंहदरबार परिसर भित्र र बाहिरका सरकारी कार्यालयहरुमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । त्यसक्रममा चारपांग्रे र दुई पांग्रे सवारी साधनहरु पनि जलेका थिए । जलेका गाडीहरु अहिले पनि सरकारी कार्यालय परिसरमा देखिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?