+
+
Shares

जलेको प्रधानमन्त्री कार्यालयमा रङरोगन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज ३ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी प्रदर्शनका क्रममा भएको आगजनीपछि रङरोगन सुरु गरिएको छ।
  • सिंहदरबारभित्र जलेका सवारीसाधनहरूलाई सडक कार्यालय परिसरमा लगेर व्यवस्थापन गर्ने काम सुरु भएको छ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सवारीसाधन व्यवस्थापनका लागि निर्देशन दिएका थिए।

३ असोज, काठमाडौं । आगजनी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रङरोगन सुरु गरिएको छ ।

जेनजी प्रदर्शनका क्रममा भएको आगजनीले क्षति पुगेको सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालयमा रङरोगन भइरहेको हो ।

कागजात र अन्य भौतिक पूर्वाधार जलेर नष्ट भएपनि प्रधानमन्त्री कार्यालयको कंक्रिट भवन भने आगोको लप्काले कालो भएको थियो ।

भवनलाई पूरानै स्वरुपमा फर्काउन समय लाग्ने भएर अहिले बाहिरी तहमा रङरोगन गरेर सफा पार्न थालिएको छ ।

सिंहदरबारभित्र भएको आगजनीमा जलेका सवारी साधनलाई भने अन्यत्र लगेर व्यवस्थापन गर्न थालिएको छ ।

क्षति ग्रस्त भएका सवारीसाधनहरूलाई त्यहाँबाट उठाएर बीआईसीसी भवनभन्दा पूर्वपट्टी रहेको सडक कार्यालय परिसरमा लगेर व्यवस्थापन गर्ने काम सुरु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार मात्रै अन्यत्र लगेर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री कार्यालयमा समेत आगजनी भएपछि नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समेत गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा पदभार ग्रहण गरेकी थिइन् ।

भदौ २३ देखि सुरु भएको जेनजी प्रदर्शन दोस्रो दिन अर्थात् भदौ २४ गते उग्र बन्दा प्रदर्शनकारीले सिंहदबारसहितका महत्त्वपूर्ण सरकारकी संरचनामा तोडफोड र आगजनी गरेका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?