+
+
Shares

जेन जी आन्दोलनका मृतकको शोकमा कांग्रेस काठमाडौं महानगर समितिद्वारा दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते २१:१८

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिको जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ ।

शनिवार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो ।

दीप प्रज्वलतन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु  सहभागी थिए ।

गत भदौ २३ र २४ गते देशभर भएको जेन जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ । सयौँ मानिसहरु उपचाररत छन् ।

आन्दोलनका मृतकको चीर शान्तिको कामना गर्दै समितिले दीप प्रज्वलन र श्रद्धाञ्जली अर्पण गरेको हो ।

सरकारले जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुलाई शहीद घोषणा गरिसकेको छ । मृतकका परिवारलाई १५ लाख दिने निर्णय गरेको छ ।

जेन जीको आन्दोलन प्रतिनिधि सभाबाट निर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने म्यान्डेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?