+
+
Shares

युवतीहरूमा किन बढिरहेको छ खुट्टा छोट्याउने सर्जरीको ट्रेण्ड ?

टर्कीमा हालैका दिनहरूमा एउटा यस्तो ट्रेण्ड चर्चामा छ, जो अनौठो मात्र होइन खतरनाक पनि छ । यसको नाम हो खुट्टा छोट्याउने शल्यक्रिया अर्थात् लिम्ब शर्टनिंग सर्जरी ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १८:३५

प्रेम र सम्बन्धलाई मूर्तरूप दिनका लािग मानिसहरू कस्ता कस्ता जोखिम उठाउँछन् भन्ने कुरा सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्दछ ।

टर्कीमा हालैका दिनहरूमा एउटा यस्तो ट्रेण्ड चर्चामा छ, जो अनौठो मात्र होइन खतरनाक पनि छ । यसको नाम हो खुट्टा छोट्याउने शल्यक्रिया अर्थात् लिम्ब शर्टनिंग सर्जरी ।

सुन्दैमा डरलाग्दो लाग्ने यो ट्रेण्डमा सहभागी भएर युवतीहरूले आफ्नो शरीरको उचाई घटाइरहेका छन् । संसारमा मानिसहरूले सरीरको उचाई बढाउनका लागि अनेक उपाय लगाउँछन् ।

खानपान देखि व्यायाममात्र नभई खुट्टा लम्ब्याउने सर्जरी पनि गराउँछन् । तर टर्कीका महिलाहरूले भने त्यसको ठ्याक्कै उल्टो अर्थात् आफ्नो शरीरको लम्बाई घटाउने बाटो छानेका छन् ।

आखिर टर्किस महिलाले किन घटाउँदैछन् शरीरको कद ?

राजधानी इस्तानबुलका विभिन्न सञ्चार माध्यमहरूले बताए अनुसार त्यसलाई त्यहाँ कदको राजनीति भनिएको छ । अधिकांश पुरुषहरूले होचो कदको महिला मन पराउने आम धारणा टर्कीमा रहेको छ ।

जबकि महिलाहरूले भने अग्लो कदको पुरुष मन पराउँछन् । यस्तोमा अग्लो कदका महिलाहरूले प्राय: सम्बन्धमा असहज महसुस गर्दछन् ।

सोही असहजता मेटाउन तथा सहजै प्रेमी फेला पार्नका लागि उनीहरूले खुट्टा छोट्याउने दर्दनाक सर्जरीको सहारा लिने गरेका छन् ।

कसरी गरिन्छ सर्जरी ?

उक्त सर्जरीका क्रममा डाक्टरहरूले युवतीको जाँघको हड्डी (फिमर) वा पिँडुलाको हड्डी (टिबिया) लाई काटेर त्यसको केही भाग निकाल्छन् र बाँकी हड्डीलाई स्टिलको रडले जोडिदिन्छन् । त्यस विधिबाट जाँघको लम्बाई ५.५ सेमी र पिँडुलाको लम्बाई करिब ३ सेन्टिमिटर सम्म कम हुनसक्छ ।

समाचार अनुसार यस्तै सर्जरीबाट एकजना महिलाले आफ्नो लम्बाई १७२ सेमीबाट घटाएर १६७.९ सेमी गराएकी छिन् ।

ग्लामर भर्सेस यथार्थ

इस्तानबुलका विभिन्न हाइ प्रोफाइल क्लिनिकहरूले उक्त सर्जरीलाई लक्जरी प्याकेजको रूपमा उपलब्ध गराइरहेका छन् । उक्त प्याकेज अन्तर्गत केवल सर्जरी गर्नेमात्र होइन अस्पतालमा बस्ने, शहर घुम्ने, रेष्टुराँमा डिनरसँगै डुंगा चढ्ने लगायतका सुविधाहरू प्नि दिइन्छ ।

झट्ट सुन्दा यो ग्लामरस लाग्नसक्छ, तर यथार्थमा निकै दर्दनाक छ ।

यस्तो सर्जरी गरेका महिलाहरू निको भएर पूर्वावस्थामा आउनका लागि महिनौं लाग्नसक्छ । कतिपयले त लामो समयसम्म ह्वीलचेयरको सहारा लिनुपर्छ । हप्तामा ४/५ पटक फिजियोथेरापी गर्नुपर्दछ । साथै स्नायुमा क्षति पुग्ने, संक्रमण तथा हड्डी नजोडिने र स्थायी विकलांगता जस्ता जोखिम पनि रहन्छन् ।

के भन्छन् विज्ञ ?

कतिपय शोध अनुसार अग्लो कदका महिलामा एन्डोमेट्रियोसिस तथा क्यान्सरको खतरा धेरै हुनसक्छ ।

तर शरीरको कद घटाउने सर्जरी गर्नुसँग यसको कुनै साइनो छैन । यो पूर्णरूपमा सामाजिक दबाव तथा आत्मस्वीकृतिको कमीको नतिजा हो ।

मेडिकल विज्ञहरूका अनुसार यो शल्यक्रिया सौन्दर्यजन्य कारणले गरिने निकै जोखिमयुक्त प्रक्रिया हो ।

समाजमा सुन्दरता तथा महिला पुरुषसँग सम्बन्धित पूराना अवधारणा र मानकहरूका कारण यस्तो ट्रेण्डले बढावा पाइरहेको मनोविज्ञहरूको भनाइ छ । एजेन्सी  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?