News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा फोक्सोको क्यान्सरले पीडित भएर त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ।
- उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् र उनको दाहसंस्कार चितवनमा मंगलबार गरिनेछ।
- सुवेदीले एक खुट्टाले नाचेर क्लासिक नेपाल फाउन्डेसन स्थापना गरिन् र मिस इन्टरनेसनल २०२३ समेत थिइन्।
काठमाडौं । चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ ।
उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।
उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कत्थक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।
उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रियस्तरमा हुने इभेन्टमा पनि मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4