
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको ७१ औं राष्ट्रिय चलचित्र पुरस्कार मंगलबार प्रदान गरिएको छ जहाँ शाहरुख खान र विक्रान्त मेस्सीले उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन्।
- मलयालम अभिनेता मोहनलाललाई चलचित्र उद्योगमा योगदानका लागि दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो।
- रानी मुखर्जीले 'मिसेस चटर्जी भर्सेस नर्वे' का लागि उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन्।
नयाँ दिल्ली । भारतको ७१ औं राष्ट्रिय चलचित्र पुरस्कार मंगलबार प्रदान गरिएको छ । शाहरुख खान र विक्रान्त मेस्सीले उत्कृष्ट अभिनेताको पुरस्कार जिते भने रानी मुखर्जीले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् ।
मलयालम अभिनेता मोहनलाललाई चलचित्र उद्योगमा उनको योगदानको लागि हिन्दी सिनेमाको सबैभन्दा प्रतिष्ठित पुरस्कार दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो ।
राष्ट्रपति द्रौपदी मुर्मुले पुरस्कार र सम्मान प्रदान गरिन् । यस क्रममा उनको जीवनमा आधारित छोटो फिल्म देखाइएको थियो, त्यसपछि उनलाई उभिएर ताली बजाइएको थियो।
प्रतिष्ठित पुरस्कार प्राप्त गर्दै मोहनलालले भने, ‘यो क्षण केवल मेरो मात्र होइन, यो सम्पूर्ण मलयालम सिनेमा परिवारको हो । इमानदारीपूर्वक भन्नुपर्दा, मैले यो क्षणको सपना देख्ने आँट पनि गरेको थिइनँ । मेरो सपना ठूलो पनि छैन ।’
शाहरुखले फिल्म ‘जवान’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार र ‘टुवेल्थ फेल’को लागि अभिनेता विक्रान्त मेस्सीले राष्ट्रिय पुरस्कार प्राप्त गरे । मञ्चमा पुगेपछि शाहरुख खानले हात जोडेर राष्ट्रपति द्रौपदी मुर्मुलाई अभिवादन गरे ।
पुरस्कार स्वीकार गर्दा उनी भावुक देखिए । अभिनेत्री रानी मुखर्जीले ‘मिसेस चटर्जी भर्सेस नर्वे’का लागि सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार प्राप्त गरिन् । यो तीनै जना कलाकार शाहरुख, विक्रान्त र रानीको लागि पहिलो राष्ट्रिय पुरस्कार हो ।
मलयालम अभिनेत्री उर्वशीलाई ‘ओलुझुक्कु’को लागि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ, उनले यो पुरस्कार ‘वश’ (गुजराती) फिल्म अभिनेत्री जानकी बोडीवालासँग साझा गरेकी छिन् ।
प्रतिक्रिया 4