+
+
Shares

सीजीका साना घरायसी उपकरण खरिदमा भियतनाम भ्रमण र हिरो स्प्लेन्डर प्लस बाइक जित्ने अवसर

दशैंको मौकामा ग्राहकको उत्साह र सन्तुष्टि अझ प्रगाढ बनाउँदै उपभोक्ताको जीवनमा खुसी र समृद्धि भित्र्याउने उद्देश्यले यो अभियान ल्याइएको सीजीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १४:०२

८ असोज, काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यस वर्षको दशैं लक्षित गर्दै उपभोक्ताका लागि विशेष र उत्साहपूर्ण योजना सार्वजनिक गरेको छ।

सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिज अन्तर्गतका साना घरायसी उपकरण खरिदमा यो योजना लागु हुनेछ ।

यस योजना अन्तर्गत गुणस्तरीय उत्पादन खरिद गर्ने ग्राहकले आधुनिक जीवनशैलीका साथै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । ‘भित्र्याऔं खुसी र समृद्धि’ भन्ने मूलसन्देश साथ यो योजना सुरु गरिएको हो ।

सीजीले लामो समयदेखि नेपाली उपभोक्ताका लागि विश्वसनीय र प्रगतिशील इलेक्ट्रोनिक्स उत्पादन ल्याउँदै आएको छ। दशैंको मौकामा ग्राहकको उत्साह र सन्तुष्टि अझ प्रगाढ बनाउँदै उपभोक्ताको जीवनमा खुसी र समृद्धि भित्र्याउने उद्देश्यले यो अभियान ल्याइएको सीजीले जनाएको छ ।

यस योजनाले ग्राहकलाई गुणस्तर, नवप्रवर्तन र पुरस्कारको सम्मिश्रण प्रदान गरी उनीहरूको जीवन अझ सहज र रोचक बनाउने कम्पनीको विश्वास छ ।

अभियानको अन्त्यमा भाग्यशाली विजेताले अविष्मरणीय भियतनाम ट्रिप वा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्नेछन् ।

प्रत्येक १५ दिनमा आयोजना हुने लक्की ड्रमार्फत ग्राहकले आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन्, जसले उपभोक्तामा थप उत्साह जगाउने छ ।

यस योजनामा सहभागी हुन ग्राहकले सीजी मेरिडिया सिग्नेचर सिरिज अन्तर्गत साना घरायसी उपकरण खरिद गरी उत्पादनमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्ने छ । यसरी दर्ता भएका ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन् ।

यो योजना २० भदौदेखि देशभरिका सीजी डिजिटल आउटलेट र आधिकारिक च्यानल पार्टनर मार्फत सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?