News Summary
Generated by OK AI. Editorially reviewed.- मध्यपूर्वको तनावका कारण ग्यास आपूर्तिमा समस्या भएपछि सीजीले ८ वटा आधुनिक कुकटप मोडल बजारमा सार्वजनिक गरेको छ।
- सीजीले ५ इन्डक्सन, २ इन्फ्रारेड र १ हाइब्रिड कुकटप मोडल ल्याएको छ, जसमा उच्च प्रविधि र सुरक्षा सुविधा छन्।
- इन्फ्रारेड कुकटपले स्टिल, आल्मुनियम, तामा, पित्तल र माटोका भाँडामा प्रयोग गर्न सकिन्छ र सबै मोडलमा १२ महिनाको पूर्ण वारेन्टी छ।
१ चैत, काठमाडौं । मध्यपूर्वको तनावका कारण खाना पकाउने ग्यास आपूर्तिमा समस्या भएसँगै यसको विकल्प खोजी भइरहेको छ । यसैलाई मध्यनजर गर्दै सीजीका साना घरायसी उपकरण (एसडीए)ले आधुनिक ८ वटा कुकटप मोडल बजारमा सार्वजनिक गरेको छ।
उच्च प्रविधि र सुरक्षासहितका यी उपकरण ल्याइएको कम्पनीले जनाएको छ । सीजीले तीन विधामा ८ वटा फरक मोडलका कुकटप ल्याएको जनाएको छ । जसमा ५ इन्डक्सन कुकटप मोडल, २ इन्फ्रारेड कुकटप मोडल र एक हाइब्रिड कुकटप मोडल रहेको सीजीले जनाएको छ । हाइब्रिडमा इन्डक्सन र इन्फ्रारेड दुवैको सुविधा उपलब्ध रहन्छ ।
इन्फ्रारेड कुकटपले जस्तोसुकै धातुका भाँडा सपोर्ट गर्दछ। स्टिल, आल्मुनियम, तामा, पित्तल वा माटोका जुनसुकै भाँडा यसमा सहजै प्रयोग गर्न सकिनेछ ।
‘यी कुकटपहरूमा विश्वस्तरीय आधुनिक विशेषता रहेकाले खाना पकाउने अनुभवलाई सुरक्षित र विलासी बनाउँछ’ सीजीले एक विज्ञप्तिमा भनेको छ ‘जसले भोल्टेजको उतारचढावलाई सन्तुलनमा राख्दै लामो समयसम्म टिकाउपन सुनिश्चित गर्छ।’
सबै ८ वटै मोडलका कुकटपहरूमा १२ महिनाको पूर्ण वारेन्टी दिइएको कम्पनीले जनाएको छ । कुकटपको सिसा फुटेमा वा समस्या आएमा २ वर्षको विशेष वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4