+
+
Shares

सवारी जामले बीपी राजमार्ग अस्तव्यस्त, घर हिँडेका यात्रु तनावमा

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज १३ गते ११:२९

१३ असोज, काभ्रेपलाञ्चोक । नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै गाउँ फर्कनेहरुको संख्या बढिरहेको छ ।

यतिबेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । बीपी र अरनिको राजमार्ग हुँदै पूर्वी नेपाल जानेहरूको भिड थेगिनसक्नुको छ । पृथ्वीराजमार्गको विभिन्न स्थानमा गएको पहिरो, मुग्लिन नारायणघाट सडक खण्डमा झरेको पहिरोको कारण यो वर्ष पूर्व जानेहरू बीपी राजमार्गको प्रयोग गरेर गइरहेका छन् ।

तर साँघुरो सडक तथा गत असोजमा आएको बाढीपहिरोले क्षति बनाएको बीपी राजमार्ग हुँदै दशैं मनाउने उमंगसहित घर हिँडेका यात्रु अहिले बाटोमा भएको जामले सास्ती बेहोर्न बाध्य छन्। बीपी र अरनिको राजमार्ग हुँदै जाने सवारीको संख्या बढेसँगै जाम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल ध्वजुले जानकारी दिए । ‘बिहान ३ बजेदेखि अहिले सम्म एउटै फ्लोमा सवारी साधन गइरहेको छ,’ उनले भने, ‘सडकको अवस्थाको कारण यात्रुलाई केही समस्या भएको छ ।’

सूर्यविनायक धुलिखेल सडक निर्माणाधीन र बीपी रजमार्ग सानो भएकाले जाम धेरै भएको हो । विषेशगरी बाढीले क्षति पुर्‍याएको स्थानमा बढी जाम छ । बाढीले बिगारेको सडकका कारण जाम भएको छ । राजमार्गको धेरै जाम हुने स्थानमध्ये साँघुरा पुल, तथा बाढी पहिरोले भत्काएका स्थानका कच्चि सडक र खाल्डाखुल्डीले बढी जाम देखिएका छन् ।

जामका कारण धेरै यात्रा गर्न कठिन भएको यात्रुहरू बताउँछन् ।

गत बर्षको बाढीले चौकीडाँडा देखि नेपालथोक सम्मको सडकमा क्षति गरेको थियो । २२ किलोमिटरमध्ये करिब १२ किलोमिटर सडक बगाउनुका साथै पहिरोलेसमेत कतिपय स्थानमा खसालेको छ । त्यही सडकलाई अहिले अस्थायी रुपमा सञ्चालन ल्याइएको छ ।

त्यस्तै अरनिको राजमार्गको धुलिखेल खावा खण्डमा माथिबाट आएको पहिरोले गर्दा एकतर्फी यातायात संचालनमा आएको प्रहरीले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?