+
+
Shares

आजपाको सिंगो पार्टी पंक्ति उद्धार र राहतमा खटिने

पार्टी प्रवक्ता चन्द्रभूषण शाहले विज्ञप्ति निकालेर सिंगो पार्टी पंक्ति उद्धार, राहतमा परिचालित हुने जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीले देशभर जारी वर्षा, बाढी, डुबान र पहिरोका कारण उद्धार, राहत, सहयोगमा सम्पूर्ण सदस्यहरू परिचालित गर्ने निर्णय गरेको छ।
  • पार्टीले दशैं, दिपावली र छठको सबै कार्यक्रमहरू बन्द गरी नागरिकको सुरक्षा, राहत र सहयोगलाई प्राथमिकता दिने जनाएको छ।
  • पार्टी प्रवक्ता चन्द्रभूषण शाहले जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक परे सुरक्षाकर्मी वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

१८ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा)को सम्पुर्ण सदस्यहरू उद्धार, राहत, सहयोग एवं सहजीकरणमा खटिने भएको छ ।

पार्टी प्रवक्ता चन्द्रभूषण शाहले विज्ञप्ति निकालेर सिंगो पार्टी पंक्ति उद्धार, राहतमा परिचालित हुने जनाएका छन् ।

देशभर जारी भिषण वर्षा, बाढी, डुबान र पहिरोका कारण विभिन्न स्थानहरूमा संचार तथा यातायात सेवा अवरोध र आम जनजीवन समेत अस्तव्यस्त भई ठुलो मात्रामा जनधनको क्षति हुनसक्ने सम्भावनप्रति गम्भीर चिन्तित रहेको विज्ञप्तीमा उल्लेख छ ।

यस सन्दर्भमा, पार्टीका कमिटीहरूद्वारा दशैं, दिपावली तथा छठको पावन अवसरमा आयोजना गर्न लागिएका प्रशिक्षण, भेटघाट तथा शुभकामना आदानप्रदान लगायतका सबै कार्यक्रमहरू आकस्मिक रूपमा बन्द गरेर नागरिकको सुरक्षा, राहत र सहयोग कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने निर्णय भएको उल्लेख छ।

विषम परिस्थितिमा सर्वसाधारण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जोखिमयुक्त क्षेत्रमा नजान, आवश्यक परे नजिकको सुरक्षाकर्मी वा स्थानीय प्रशासनसँग तत्काल सम्पर्क एवं समन्वय गर्न हार्दिक अनुरोध समेत गरिएको छ।

साथै, संकटको घडीमा आपसी सद्भाव, एकता, सहयोग र मानवीय संवेदनाका साथ यस विपद्को सामना गर्न प्रभावित क्षेत्रहरूमा युद्ध स्तरमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणका लागि देशका सबै सुरक्षा संयन्त्र सहित सरोकारवाला निकायहरुलाई परिचालित रहन समेत विशेष आह्वान गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?