+
+
Shares

रश्मिका-विजयले गरे इन्गेजमेन्ट, विवाह फेब्रुअरीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय स्टार रश्मिका मन्दाना र विजय देवरकोन्डाबीच इन्गेजमेन्ट भएको विजय निकट स्रोतले हिन्दुस्तान टाइम्सलाई पुष्टि गरेको छ।
  • इन्गेजमेन्टबारे विस्तृत जानकारी बाहिर आएको छैन तर सन् २०२६ को मे महिनामा विवाह हुने निश्चितजस्तै छ।
  • रश्मिका र विजयले सन् २०१८ को फिल्म ‘गीता गोविन्दम’ र सन् २०१९ को ‘डियर कमरेड’मा सँगै काम गरेदेखि डेट गरिरहेको हल्ला चलिरहेको छ।

मुम्बई । वर्षौंदेखिको डेटिङको अपुष्ट चर्चाबीच दक्षिण भारतीय स्टारहरू रश्मिका मन्दाना र विजय देवरकोन्डाबीच इन्गेजमेन्ट भएको छ ।

शुक्रबार सामाजिक सञ्जालमा यो जोडीको इन्गेजमेन्टको हल्ला फैलिएपछि विजय निकट स्रोतले हिन्दुस्तान टाइम्सलाई उनको इन्गेजमेन्टको खबर पुष्टि गरेको छ ।

इन्गेजमेन्टबारे विस्तृत जानकारी बाहिर ल्याइएको छैन । यद्यपि, सन् २०२६ को मे महिनामा विवाह हुने निश्चितजस्तै छ ।

इन्गेजमेन्टबारे रश्मिका र विजय दुवैजनाले औपचारिक जानकारी भने दिएका छैनन् । रश्मिका र विजयले पहिलो पटक सन् २०१८ को हिट फिल्म ‘गीता गोविन्दम’ र सन् २०१९ को फिल्म ‘डियर कमरेड’मा सँगै काम गरेदेखि नै एकअर्कालाई डेट गरिरहेको हल्ला चलिरहेको छ ।

विजय र रश्मिकालाई प्रायः सँगै समय बिताएको देखिएको छ । अगस्टमा, उनीहरूले न्यूयोर्कमा ४३ औं इन्डिया डे परेडको नेतृत्व गरे । भारत बियोन्ड बोर्डर्स शीर्षकको कार्यक्रममा पनि भाग लिएका थिए ।

प्रशंसकले यी दुई कलाकारले एउटै स्थानबाट छुट्टीका तस्वीर सेयर गरेको याद गरेका छन् । यसले उनीहरू सम्बन्धमा छन् भन्ने हल्लालाई अझ बल दियो तर यसलाई सार्वजनिक गरेका छैनन् ।

रश्मिका पछिल्लो पटक ‘कुबेरा’ फिल्ममा देखिएकी थिइन्, जसमा धनुष र नागार्जुन पनि मुख्य भूमिकामा थिए । उनी अर्को पटक म्याडकको हरर–कमेडी ब्रह्माण्ड फिल्म ‘थम्मा’मा देखिनेछिन् ।

विजयलाई हालै फिल्म ‘किंगडम’मा देखिएको थियो, जसमा सत्यदेव र भाग्यश्री बोर्से पनि मुख्य भूमिकामा थिए । सितारा इन्टरटेनमेन्ट र फच्र्यून फोर सिनेमाको ब्यानरमा नागा वामसी र साई सौजन्यद्वारा निर्मित, यो गौतम तिन्नानुरीले निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?