+
+
WC Series
पोखरा एभेन्जर्स 2025
57/4 (8.6)
VS
६६ बलमा १०९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रहरी परिसर काठमाडौंमा सुदन गुरुङ लगायत जेनजी समूह, शीर्ष नेता पक्रन माग

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदन गुरुङ नेतृत्वको जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।
  • मंगलबार जेनजी समूहले माईतीघरमा ब्यानर टाँसेर तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न विरोध जनाएको छ।
  • प्रहरीले प्रधानमन्त्रीबाट लिखित जवाफ आएपछि मात्रै जाहेरी दर्ता गर्ने र जेनजी प्रतिनिधिहरूलाई फर्काएको छ।

२१ असोज, काठमाडौं । सुदन गुरुङ लगायतको जेनजी समूह पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो ।

मंगलबार अपरान्ह गुरुङ लगायतको जेनजी समूहले माईतीघरमा केही शीर्ष नेताहरू पक्राउ गर्न ब्यानर टाँसेर विरोध जनाएका छन् । जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जेनजीले दबाब बढाइरहेका छन् ।

यसबारे तीन वटै सुरक्षा निकायहरूसँग अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले छलफल समेत गरेकी बताइएको छ ।

प्रहरीले भने प्रधानमन्त्रीबाट लिखित जवाफ आएपछि मात्रै जाहेरी दर्ता गर्न सकिने र बाँकी प्रक्रिया अघि बढाउने भन्दै जाहेरी दर्ता गर्न पुगेका जेनजी प्रतिनिधिहरूलाई फर्काएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?