+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
124/6 (17.2)
VS
कर्णाली याक्स 2025
0/0
Shares

मिरज ढुंगाना समूहले भेट्न पाएन प्रधानमन्त्री, सिंहदरबार गेटमा ज्ञापनपत्र टाँसेर फर्कियो

प्रधानमन्त्रीसँग टेलिफोन सम्पर्क समेत हुन नसकेपछि सो समूह सिंहदरबार दक्षिण गेटमा नै ज्ञापनपत्र भित्तामा टाँसेर फर्किएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १७:३२

८ मंसिर, काठमाडौं । मिरज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार दिनभरि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाइल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको उनीहरूको आरोप छ ।

प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरू गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् ।

उनीहरूले जेनजीहरूको आवाज सुन्ने धैर्यता राख्न प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले समेत मोबाइल फोन स्विच अफ गरेर सम्पर्कमा आउन नचाहेपछि दुःख लागेको जेनजी अभियन्ता सुशील बुढोथोकीले बताए ।

उनले भने, ‘यो हामीले बिहानदेखि फोन गर्न ट्राई गरिरहेका थियौं । उहाँको फोन उठेन । अहिले प्रधानमन्त्री, गृहमन्त्रीज्यूको फोन अफ भएपछि कसरी भेट्ने ?’

ढुंगाना समूहले सुशासनको पक्षमा कामै गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने निष्कर्षसहितको ज्ञापनपत्र प्रधानमन्त्री कार्कीलाई बुझाउने तयारी गरेको थियो ।

तर, टेलिफोन सम्पर्क नै हुन नसकेपछि सो समूहले सिंहदरबार दक्षिण गेटमा नै ज्ञापनपत्र भित्तामा टाँसेर फर्किएको छ ।

अभियन्ता बुढाथोकीले प्रधानमन्त्री कार्कीले आफूहरुसँग सम्पर्कमा आउन नचाहनुको कारण स्पष्ट पार्नुपर्ने माग समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?