+
+
Shares

फिनेको अध्यक्षमा गोकर्ण ढकाल, महासचिवमा दाेहाेरिए दिपेन घले

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित फिनेको भर्चुअल माध्यमबाट भएको महाधिवेशनमा १५ देशका प्रतिनिधिहरू सहभागी थिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को अध्यक्षमा गोकर्णप्रसाद ढकाल निर्वाचित भएका छन्।
  • भर्चुअल माध्यमबाट भएको महाधिवेशनमा १५ देशका प्रतिनिधिहरू सहभागी थिए।
  • फिने, विश्वभर छरिएका नेपाली युवा उद्यमीलाई जोड्ने उद्देश्य राखिएको संस्था हो।

२६ असोज, काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमीलाई जोड्ने फिनेको अध्यक्षमा गोकर्णप्रसाद ढकाल निर्वाचित भएका छन्। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को दोश्रो महाधिवेशनबाट हङकङका युवा उद्यमी ढकाल ग्लोबल अध्यक्षमा निर्वाचित भएका हुन्।

ढकाल यसअघि वरिष्ठ उपाध्यक्ष थिए। महाधिवेशनबाट शमिम अन्वर वरिष्ठ उपाध्यक्ष निर्वाचित भए भने प्रकाश थापा, डिला खरेल, पूर्ण पोखरिया, प्रदीप न्यौपाने, शम्भु कँडेल र उषा गुरुङ उपाध्यक्ष चयन भएका छन्। महासचिवमा हङकङकै युवा उद्यमी दिपेन घले दोहोरिएका छन्।

सचिवमा धर्म अधिकारी, कोषाध्यक्षमा ओम ज्ञवाली निर्वाचित भए। महाधिवेशनबाट अफ्रिका क्षेत्रका अध्यक्षमा रामप्रसाद पाध्य, युरोप क्षेत्रका अध्यक्षमा देवेन्द्र कार्की, मध्यपूर्व क्षेत्रका अध्यक्षमा विष्णुलाल श्रेष्ठ र ओसेनिया क्षेत्रका अध्यक्षमा उमेश खड्का निर्वाचित भए।

सदस्यहरुमा मनीषा डंगोल श्रेष्ठ, एमके रमेश पौडेल, रजनीश भट्टराई, विकास दाहाल, अमर सापकोटा, रोशन बुढाथोकी, नीराजन भण्डारी, शिव श्रेष्ठ, भीमलाल गैरे, सूर्य श्रेष्ठ, विवेक पौडेल र दिपेशमान शाक्य चयन भएका छन्।

महाधिवेशनमा महासचिव घलेले फिनेको विश्वव्यापी विस्तारले तिव्र गति लिइरहेको तथ्यसहित प्रगति विवरण प्रस्तुत गरेको थिए। फिनेको नेपालमा पनि बागमती र गण्डकीमा शाखा विस्तार भइसकेको छ। नवनिर्वाचित अध्यक्ष ढकालले विश्वभर छरिएका नेपाली युवा उद्यमीहरूबिच सहकार्य, मार्गदर्शन र अवसरहरूको सञ्जाल निर्माण गर्दै विश्व बजारमा छरिएर रहेका नेपाली उद्यमीहरूलाई सशक्त बनाउँदै जाने प्रतिवद्धता व्यक्त गरेका थिए।

भर्चुअल माध्यमबाट भएको महाधिवेशनमा १५ देशका प्रतिनिधिहरू सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?