+
+
Shares

विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन (तस्वीरहरू)

जोशीको सम्झनामा बुधबार साँझ ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज २९ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन्।
  • जेनजी अगुवा रक्षा बमले जोशीलाई विद्रोही समूह हमासले बन्धक बनाइसकेपछि पनि तत्कालीन राज्यसत्ताले उचित कूटनीतिक पहल नचालेको आरोप लगाएकी थिइन्।

२९ असोज, काठमाडौं। जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।

जोशीको सम्झनामा बुधबार साँझ ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।

श्रद्धाञ्जली कार्यक्रममा  ‘तिमी हाम्रा संझनाहरूमा सधैं बाँचिरहनेछौं’, वी आर सरी, वी कुड नट ब्रिङ यू ब्याक होम,’ लेखिएको छ।

यसअघि सामाजिक सञ्जालमा पोस्ट गर्दै जेनजी अगुवा रक्षा बमले जोशीलाई विद्रोही समूह हमासले बन्धक बनाइसकेपछि पनि रिहा गरेर फिर्ता ल्याउन तत्कालीन राज्यसत्ताले उचित कूटनीतिक पहल नचालेको पाइएको आरोप समेत लगाएकी थिइन् ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?