+
+
Shares

जेनजी भन्दै धम्क्याउने शाही वैदेशिक ठगीमा फरार देखिएपछि प्रहरीले विभागलाई बुझायो

बुधबार कोटेश्वरबाट पक्राउ परेका शाहीलाई बिहीबार विभागमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयहरुमा बैकिङ कसुरको उजुरी समेत परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जुनबहादुर शाहीलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहचलमा बुझाएको छ।
  • शाहीले विभिन्न सरकारी कार्यालयमा धम्क्याउने काम गरेको र उसविरुद्ध बैंकिङ कसुरको उजुरी परेको छ।
  • शाहीबाट प्रहरीले असई कुमार शर्माको परिचय पत्र बरामद गरेको छ, जसले आफ्नो कार्ड हराएको बताएका छन्।

३० असोज, काठमाडौं । जेन–जी भन्दै विभिन्न सरकारी कार्यालयहरुमा गएर धम्क्याउने गरेका अर्जुनबहादुर शाहीलाई प्रहरीले वैदेशिक रोजगार विभाग ताहचलमा बुझाएको छ ।

बुधबार कोटेश्वरबाट पक्राउ परेका शाहीलाई बिहीबार विभागमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयहरुमा बैकिङ कसुरको उजुरी समेत परेको छ ।

पक्राउ परेका शाहीबाट प्रहरीको परिचय पत्र समेत भेटिएको छ । कुमार शर्मा नामको असई (प्रहरी सहायक निरीक्षक)को आईडी कार्ड शाहीबाट बरामद भएको छ । यो नाम परेका असई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । अहिले उनी इन्स्पेक्टर निकालेर तालिममा जाने तयारीमा छन् । शर्माले आफ्नो कार्ड हराएको बताएका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।

केही दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?