+
+
Shares

जेनजी भन्दै धम्क्याउने शाहीले १ मत पनि ल्याएनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:३१

२२ फागुन, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ को अन्तिम मतपरिणाम आइसकेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन् ।

उनी १५ हजार ४५५ मतसहित विजयी ६ हजार ३६४ मतसहित कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो र ३ हजार ९७२ मतसहित मिश्र तेस्रो भए ।

यो निर्वाचन क्षेत्रबाट नेपाल जनसेवा पार्टीबाट अर्जुनबहादुर शाही पनि उठेका थिए । जुत्ता चुनाव चिह्न भएका शाही तिनै व्यक्ति हुन्, जो जेनजी आन्दोलनपछि विभिन्न सरकारी कार्यालय जाँदै धम्कयाउने गर्थे ।

आफूहरूले जेनजी आन्दोलन गरेको भन्दै गैरकानुनी रूपमा सरकारी कार्यालय अनुगमन गर्ने र कर्मचारीहरूलाई धम्की दिने गरेका थिए ।

उनको यो शैलीपछि अनुसन्धान गर्दा ठगी, चेक बाउन्स जस्ता मुद्दाका फरार अभियुक्त रहेको खुलेको थियो ।

जेनजी आन्दोलनभन्दा केही समय पहिला मात्रै पक्राउ परेर छुटेको समेत पाइएको छ । जेनजी आन्दोपछि पनि उनी दुई पटक पक्राउ परे । कतिसम्म भने उनी सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सपथ खाँदा उनी राष्ट्रपति कार्यालयमा समेत उपस्थित भएका थिए ।

उनै शाही अहिले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । २९ जना उम्मेदवार रहेको यस क्षेत्रमा उनले १ मत समेत नपाएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ । यो निर्वाचन क्षेत्रबाट-१ मत पनि नल्याउने उनी एक्लो उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?