
३० असोज, काठमाडौ । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय पुगेर धम्क्याउने अर्जुनबहादुर शाहीसँग प्रहरीको परिचयपत्र भेटिएको छ ।
कुमार शर्मा नामको असई (प्रहरी सहायक निरीक्षक)को आईडी कार्ड शाहीबाट बरामद भएको प्रहरी स्रोतले बतायो । यो नाम परेका असई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । अहिले उनी इन्स्पेक्टरमा नाम निकालेर तालिममा जाने तयारीमा छन् ।
शर्माले आफ्नो कार्ड हराएको बताएका छन् । प्रहरीले उनलाई बुधबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।
केही दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै माग गरेको थियो ।
प्रहरीले संकलन गरेको विवरण अनुसार, अछामको पञ्चलदेवल विनायक नगरपालिका–४ घर भएका शाहीको परिवारसँग राम्रो सम्बन्ध छैन ।
उनी कक्षा ८ मै पढ्ने बेलामा साविक कालिका गाविस- ९ का तुला बहादुर शाहीको घरबाट ३ वटा बाख्रा चोरी भएको थियो । उक्त चोरीको घटनामा शाहीसहित अन्य दुई जना संलग्न थिए ।
तीमध्ये एक जनालाई पक्राउ गरिएको भए पनि अर्जुन भने त्यही बेलामा गाउँबाट भागेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट फेला परेको छ ।
प्रतिक्रिया 4