+
+
Shares

मनमोहक थोरङलापास (ट्राभलग)

१० दिनमै पदमार्ग पार गर्न सकिने

मनाङ र मुस्ताङको सिमाना हो थोरङलापास । थोरङला पास गर्न विश्वभरबाट पर्यटक नेपाल आउँछन् । पछिल्लो सयम आन्तरिक पर्यटक पनि थोरङला पुग्न थालेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ कात्तिक ६ गते ७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्नपूर्ण पदमार्गको थोरङला पास समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा छ र मनाङ र मुस्ताङको सिमाना हो।
  • थोरङला पास गर्न विश्वभरबाट विदेशी पर्यटक र पछिल्लो समय आन्तरिक पर्यटक पनि आउने गरेका छन्।
  • सडक सञ्जाल विस्तारपछि अन्नपूर्ण पदमार्गको यात्रा तीन हप्ताबाट १० दिनमै पूरा गर्न सकिन्छ।

६ कात्तिक, काठमाडौं । कहिले उकाली । कहिले ओराली । वारिपारि हिमाल हेर्दै पुगिन्छ थोरङलापास ।  अन्नपूर्ण पदमार्गको थोरङला पास समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा छ ।

मनाङ र मुस्ताङको सिमाना पनि हो । थोरङला पास गर्न विश्वभरबाट पर्यटक नेपाल आउँछन् । पछिल्लो सयम आन्तरिक पर्यटक पनि थोरङला पुग्न थालेका छन् ।

कसरी जाने थोरङ्ला पास ?

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजारसय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् ।

आन्तरिक पर्यटकहरु तिलिचो तालमा पुगेसँगै थोरङला पास गएको पाइन्छ । अहिले त विदेशी पर्यटकहरू विश्वभरबाट यहाँ घुम्‍ने आउने गरेको स्थानीय बताउँछन् ।

साथै अहिले आन्तरिक पर्यटकहरु पनि देखिन थालेका छन् । पछिल्लो समय मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको भन्दै स्थानीय खुशी देखिएका छन् ।

विगतमा लामो पदयात्राका रुपमा परिचित अन्नपूर्ण पदमार्ग सडक सञ्जालले मनाङ छोएपछि निकै छोट्टिएको छ । यो पदयात्रा पूरा गर्न विगतमा तीन हप्ता लाग्थ्यो । तर, सडक सञ्जालले मनाड, मुस्ताङ र लमजुङलाई छोएपछि १० दिनमै पदमार्ग पार गर्न सकिने भएको छ ।

मनाङको तिलिचो ताल पुगेर फर्किएपछि श्रीखर्कबाट थोरङलातर्फ पनि जान सकिन्छ । तर धेरैजसो तिलिचो मात्र जाने गरेको पाइन्छ ।

थोरङ्ला पास अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

तस्वीरमा हेर्नुहोस् थोरङलापास :

   

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?