News Summary
Generated by OK AI. Editorially reviewed.- तिहार अवसरमा फिल्म 'मन बिनाको धन'को टिजर सार्वजनिक भएको छ जसले कथावस्तु संक्षिप्तमा देखाएको छ।
- टिजरमा रुँदै गरेका मुख्य पात्र अशोक दर्जीलाई देखाइएको छ र शिव परियार र प्रमोद खरेलको गीत समावेश छ।
- फिल्मको ट्रेलर १२ जेठ बुधबार सार्वजनिक गरिने र प्रदर्शन मिति नजिकिँदै देशब्यापी प्रचार सुरु भएको छ।
काठमाडौं । तिहार अवसरमा फिल्म ‘मन बिनाको धन’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्तरुपमा दर्शाउने प्रयास गरेको देखिएको छ ।
टिजरमा रुँदै गरेका मुख्य पात्र (अशोक दर्जी)लाई देख्न सकिन्छ । गायकद्धय शिव परियार र प्रमोद खरेलको स्वर समावेश गीतका केही अंश पनि प्रस्तुत गरिएको छ ।
ट्रेलर भने १२ बुधबार सार्वजनिक गर्ने जनाइएको छ । प्रदर्शन मिति नजिकिएसँगै फिल्मले देशब्यापी प्रचारप्रसार थालेको छ ।
बाटोमा गाउँदै हिँडेको बेला भेटिएका दर्जीलाई गायक तथा निर्देशक टंक बुढाथोकीले आफूसँग राखेर कसरी उनको जीवनमा परिवर्तन ल्याइदिए भन्ने कथावस्तु यसमा छ ।
दर्जी अहिले राजधानीको एक स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् । दर्जीको जीवनमा आधारित फिल्मको कथावस्तु अन्य सामाजिक पेरिफेरीमा समेत प्रस्तुत छ ।
रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।
पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । विष्णुमाया मैनाली निर्मात्री, मिनु शर्मा कार्यकारी निर्मात्री र जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता छन् ।
फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी लगायतको अभिनय छ ।
प्रतिक्रिया 4