News Summary
Generated by OK AI. Editorially reviewed.- मुस्ताङमा वर्षा र हिमपातका कारण फिल्म 'कबड्डी ५' को छायांकन अवरुद्ध बनेको छ।
- जिल्ला प्रशासन कार्यालय मुस्ताङले भारी हिमपातको सम्भावना भन्दै सतर्कता अपनाउन र पदयात्रा नगर्न आग्रह गरेको छ।
- जल तथा मौसम विज्ञान विभागले मोन्था चक्रवातका कारण शुक्रबारसम्म वर्षा र हिमपात हुने पूर्वानुमान दिएको छ।
काठमाडौं । वर्षा र हिमपातले हिमालपारिको जिल्ला मुस्ताङमा भैरहेको फिल्म ‘कबड्डी ५’को छायांकन अवरुद्ध बनेको छ ।
कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार मंगलबारदेखिको छायांकन तालिका रोकिएको छ । ‘छायांकन सुचारु गर्नको लागि अब हामी मौसम सुधारको पर्खाइमा छौं’ उनले भने ।
सोमबार रातीदेखि नै मुस्ताङमा वर्षा र हिमपात भैरहेको छ ।
बाँसुरी फिल्म्सले निर्माण गरिरहेको फिल्म ‘कबड्डी ५’को छायांकन तल्लो मुस्ताङको लार्जुङ क्षेत्रमा भैरहेको छ । ‘हाम्रो क्षेत्रमा हिमपात भन्दा पनि वर्षा भैरहेको छ’ पोखरेलले भने ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले भारीदेखि हल्का हिमपात हुने उच्च सम्भावना रहेकाले सतर्कता अपनाउन, पदयात्रा नगर्न सूचनामार्फत आग्रह गरेको छ । आफूहरूले प्रशासनको आग्रहलाई पालना गरेको समेत पोखरेलले अनलाइनखबरलाई बताए ।
खराब मौसमले छायांकन प्रभावित बनेपछि निर्माता दबाबमा छन् । किनभने, २१ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २’ को प्रचारप्रसारको लागि कलाकार र निर्माता काठमाडौं आउनुपर्नेछ ।
यसका लागि यो साताभित्र छायांकन टुंग्याउनुपर्ने हुन्छ । कार्यकारी निर्माता पोखरेलले पनि जारीको दोस्रो श्रृंखलाको प्रवर्धनलाई अर्को साता काठमाडौं आउन लागेको जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बंगालको खाडीमा सक्रिय रहेको मोन्था चक्रवात शक्तिशाली भएर नेपाल हिमपात र वर्षा गराएको हो । शुक्रबारसम्म वर्षा र हिमपात हुने विभागको पूर्वानुमान छ ।
प्रतिक्रिया 4