+
+
Shares

विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृहको मस्यौदामा जवाफ पठाउँदै निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १४:०९

१३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृह मन्त्रालयको मस्यौदामा जवाफ पठाउँदै छ ।

आयोगले आजै जवाफ पठाउने तयारी गरेको छ । निर्वाचन आयोग स्रोतका अनुसार जवाफ पठाउने विषयमा छलफल चलिरहेको छ । एक अधिकारीले भने, ‘सम्भवत आजै जवाफ पठाउने कार्य हुन्छ ।’

सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गर्न लागिएको हो ।  जस अन्तर्गत गृह मन्त्रालयले प्रचलित ऐन संशोधनको मस्यौदा तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ ।

गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यस सम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।

गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजालका अनुसार निर्वाचन आयोगबाट जवाफ आएपछि सरकारले थप छलफल गरेर हगाडि बढाउनेछ ।

उनकाअनुसार मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?