+
+
Shares

नेपाल लाइफ इन्स्योरेन्सले पायाे डबल ए माइनस रेटिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लाइफ इन्स्योरेन्सले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ पाएको छ, जुन जीवन बीमा क्षेत्रमा पहिलो हो।
  • कम्पनीले आ.व. २०८१/८२ को असार मसान्तसम्म २७ प्रतिशत भन्दा बढी बजार हिस्सा कायम गरेको छ।
  • प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले डबल ए माइनस रेटिङले वित्तीय स्थायित्व सुदृढ भएको बताए।

१३ कात्तिक, काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ पाएको छ । यस श्रेणीमा पर्ने संस्थाहरूलाई उच्चस्तरीय सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । जीवन बीमा क्षेत्रमा यो रेटिङ पाउने नेपाल लाइफ इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ ।

सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आएको छ । आ.व. २०८१/८२ को असार मसान्तसम्ममा कुल बीमा शुल्कको हिसाबले २७ प्रतिशत भन्दा बढी बजार हिस्सा कायम गर्न कम्पनी सफल भएको छ । कम्पनीको सोल्भेन्सी अनुपात १५०.४० प्रतिशत रहेको छ जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम अनुपात भन्दा बढी हो ।

कम्पनीले करिब ९४ प्रतिशत लगानीे स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्तसम्ममा औसत १०.०२ प्रतिशत प्रतिफल प्रदान गरेको छ । आ.व. २०८०/८१ मा कम्पनीले २ अर्ब १२ करोड खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८ प्रतिशत प्रतिफल रहेको थियो ।

नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पुनर्बीमा र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको छ ।

जीवन बीमा क्षेत्रको अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोलीको नेतृत्वबाट कम्पनीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ । यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गर्दछ ।

कम्पनीको करिब ९८.८० प्रतिशत व्यवसाय सावधिक जीवन बीमामा आधारित रहेको छ । जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्‍याएको छ । साथै, आ.व.२०८१/८२ को असार मसान्तसम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद कोष सुरक्षित राखेको छ । जुन रकम व्यवसायिक आकार अनुसार पर्याप्त रहेको कम्पनीको भनाइ छ ।

कम्पनीको २३३ अर्ब भन्दा माथिको जीवन बीमा कोष र २४० अर्ब भन्दा माथिको लगानी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ६७ अर्ब भन्दा माथिको दावी भुक्तानी गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले डबल ए माइनस रेटिङ प्राप्त गर्नुले कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई झन् सबल र सुदृढ बनाएको प्रष्ट हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?