 
																			१४ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गरेका छन् ।
रुपन्देहीमा शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचारीहरूलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताए ।
उनले आफूले संसद्मा धेरै पहिलादेखि बंगलादेशको हविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको स्मरण गराए । जनतालाई सत्य कुरा बुझाउनुपर्ने जरुरी रहेको उनको भनाइ छ ।
उनले भने, ‘अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन् । अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन् । मैले बंगलादेशको हविगत व्यहोर्नुपर्छ भनेर मैले भनेको थिएँ । सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ । हाम्रा पनि कमी कमजोर भिए होलान् । जनतासँग हामीले पनि बुझाउनुपर्ने हुन्छ ।’
उनले राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप लगाए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4