+
+
Shares

माओवादीको सचिवालय बैठक जारी, माधवसँगको एकताबारे छलफल चल्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १५:५२
तस्वीर : प्रचण्डको सचिवालय

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोग समितिको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय पेरिडाँडाँमा जारी बैठकमा एकीकृत समाजवादीसँगको एकताबारे छलफल चल्दैछ ।

नेकपा एकीकृत समाजवादीले शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेको छ । लगत्तै माओवादीको सचिवालय बैठक बसेको हो ।

माओवादीले यसअघि नै केन्द्रीय समितिको बैठकबाट कम्युनिस्ट पार्टीहरूबीचको एकताको लागि निर्णय लिएको थियो । एकीकृत समाजवादीले निर्णय नै गरिसकेको अवस्थामा माओवादीले सचिवालय मार्फत अगाडि बढाउने सर्न्दभमा आवश्यक निर्णय लिन खोजेको हो ।

सचिवालय बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्ड सहितका नेताहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?