News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री रामेश्वर खनालले १६ कात्तिकमा वीरगञ्ज भन्सारमा अनलाइन भन्सार डाटाबेस प्रणाली अनलाइन माध्यमबाट सुरु गर्नुभएको छ।
- सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सन्दर्भ मूल्यसूची विस्थापन गरी अनलाइन भन्सार डाटाबेस प्रणाली सञ्चालन गर्ने निर्णय गरेको थियो।
- अनलाइन कस्टम डाटाबेस प्रणालीले वैध व्यापार प्रोत्साहन, मूल्य अभिवृद्धि कर कार्यान्वयनमा सहयोग र अनौपचारिक कारोबारमा कमी आउने अपेक्षा गरिएको छ।
१६ कात्तिक, काठमाडौं । वीरगञ्ज भन्सारमा अनलाइन भन्सार ‘डाटाबेस’ प्रणाली सुरु भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुने गरी अनलाइन भन्सार डाटाबेस प्रणाली सञ्चालनमा ल्याउने जनाएको थियो ।
अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीको शनिबार अनलाइन माध्यमबाट सुरुवात गरे । अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासन प्रत्याभूति सहित व्यवसाय सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

उनले विश्व व्यापार संगठनद्वारा अनुमोदन भएको ‘ग्याट भेलुएसन’ प्रणालीलाई नेपालको भन्सार ऐन, नियममा समेत स्वीकारिएको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिने गरी त्यसको परीक्षणका लागि ‘अनलाइन कस्टम डाटाबेस’ प्रणाली कार्यान्वयनमा ल्याइएको बताए ।
यो प्रणाली कार्यान्वयनले वैध व्यापार प्रोत्साहन हुने, मूल्य अभिवृद्धि कर (भ्याट) लगायत अन्य कर कार्यान्वयनमा सहयोग पुग्ने, अनौपचारिक कारोबारमा कमी आउने र उद्योग–व्यवसाय फस्टाउने अपेक्षा राखिएको बताए ।
प्रतिक्रिया 4