+
+
Shares

बाढीपीडितलाई राहत माग्दै आजपाले बुझायो ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीले बाढीपीडित किसान र सर्वसाधारणलाई राहत तथा मुआब्जा उपलब्ध गराउन सरकारसंग माग गरेको छ।
  • आजपाले रौतहट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाएर न्याय र राहतको माग गरेको छ।
  • आजपाले बाढीपीडितलाई न्याय र किसानलाई मुआब्जा नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

१७ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)ले बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत तथा मुआब्जा उपलब्ध गराउने सरकारसंग माग गरेको छ ।

आजपा रौतहट क्षेत्र नंं. १ क्षेत्रिय कमिटीले सोमबार रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌ कार्यालयलाई ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय र किसानलाई राहत तथा मुआब्जा उपलब्ध गराउन माग गरेको हो ।

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई आजपाले ज्ञापनपत्र बुझाउँदै बाढीपीडितलाई न्याय तथा किसानलाई राहत एवं मुआब्जा उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

आजपा निकट आम उद्योग बाणिज्य संघका केन्द्रीय अध्यक्ष एवं नेता साजन जयसवालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन टोली गएको थियो । त्यसक्रममा उनीहरूले आफूहरूको माग यथाशीघ्र सम्बोधन गर्न भनेका छन् ।

हालैको बाढी र अविरल वर्षाका कारण जिल्लाका विभिन्न गाउँहरू डुबानमा परेका थिए । धेरै किसानहरूको खेतबारी, बालीमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?