+
+
Shares
हलिउड :

जोनाथन बेली वर्ष २०२५ का सबैभन्दा ‘जीवित सेक्सी पुरुष’ घोषित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड स्टार जोनाथन बेलीलाई पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा सेक्सी जीवित पुरुष घोषणा गरेको छ।
  • बेली पहिलो खुलारुपमा घोषित समलिङ्गी पुरुष बनेका छन् जसले यो उपाधि पाएका छन्।
  • बेलीले नेटफ्लिक्सको ‘ब्रिजरटन’ मा एन्थोनीको भूमिका निभाएर अन्तर्राष्ट्रिय प्रसिद्धि पाएका छन्।

लस एन्जलस । हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा गरेको छ ।

‘द टुनाइट शो स्टारिङ जिमी फालन’ मा छनोटको घोषणा गरिएको थियो । यो उपाधि प्राप्त गर्ने उनी पहिलो खुलारुपमा घोषित समलिङ्गी पुरुष पनि बनेका छन् ।

सन् २०२५ मा सबैभन्दा सेक्सी पुरुष जीवित पुरस्कारको ४० औं वार्षिकोत्सव मनाइँदैछ । अभिनेता बेली आफ्नो अन्तर्वार्ताको लागि बस्दै गर्दा, फालनले बेलीको दुई आवरण पनि सार्वजनिक गरे ।

एउटा आवरणमा उनी चट्टानी समुन्द्रमा बसिरहेको देखिएको छ । अर्कोमा उनी फ्लफी कुकुरलाई समातेर शर्टलेस देखाइएको छ ।

बेलीले सन् २०२५ को सुरुमा शेक्सपियरको “रिचर्ड द्धितीय“ को निर्माणको बेला आफूलाई सबैभन्दा कामुक पुरुष भनेर सुनेको बताएका छन् ।

सन् १९८५ देखि “पिपुल्स सेक्सीएस्ट म्यान अलाइभ“ फिचर प्रकाशन हुँदै आएको हो । जसमा पहिलो पटक यो उपाधिबाट सम्मानित हुने व्यक्ति मेल गिब्सन हुन् ।

सन् २०२४ का विजेता जोन क्रासिन्स्की थिए । हालैका अन्य विजेतामा प्याट्रिक डेम्प्सी, क्रिस इभान्स, पल रुड, माइकल बी. जोर्डन र जोन लेजेन्ड समावेश छन् ।

बेलीले हिट नेटफ्लिक्स श्रृंखला ‘ब्रिजरटन’ मा एन्थोनी, भिस्काउन्ट ब्रिजरटनको भूमिका निर्वाह गरेपछि अन्तर्राष्ट्रिय प्रसिद्धी प्राप्त गरे ।

बेलीलाई अभिनेत, कमेडी र संगीत विधामा उनको बहुमुखी प्रतिभाको लागि प्रशंसा गरिएको छ । साथै, उनी मनोरञ्जन उद्योगमा एक अग्रणी एलजीबीटीआईक्यू अभियन्ता मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?