+
+
Shares

घनश्याम भूसाल पक्षले मंसिरमा राष्ट्रिय भेला गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल पक्षले आउँदो मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ।
  • भूसालले राष्ट्रिय भेलामा क्रान्तिकारीहरू जम्मा भई गम्भीर छलफल गरेर बाटो तय गर्ने बताए।
  • उनीहरूले देशभक्ति, राष्ट्रियता, सामाजिक न्याय र समाजवादको आन्दोलनलाई बलियो बनाउन सुझाव माग्ने बताएका छन्।

१९ कात्तिक, काठमाडौं। नेकपा माओवादीलगायतसँगको एकता प्रक्रियासँग असन्तुष्ट नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल पक्षले आउँदो मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ।

नेकपा एकीकृत समाजवादीको महासचिवको हैसियतमा बुधबार पत्रकार सम्मेलन गर्दै भूसालले आउँदो मंसिर पहिलो साता पार्टीका बाँकी रहेका नेता–कार्यकर्ता र क्रान्तिकारीहरूको राष्ट्रिय भेला आयोजना गरिने बताएका हुन्।

‘एकीकृत समाजवादीको बहुमत एकतामा गए पनि बाँकी साथीहरू जुन तहमा, जुन हैसियतमा हुनुहुन्छ, त्यही अवस्थामा रहनुहोला। कानुनी रूपमा भोलि के होला त्यो हेरौंला, अहिले राजनीतिक रूपमा त्यही नै हाम्रो वैधानिक निकाय हो,’ उनले भने, ‘आगामी मंसिर पहिलो साता हामी राष्ट्रिय भेला गर्छौं। त्यो राष्ट्रिय भेलामा क्रान्तिकारीहरू जम्मा हुनेछौं र अझै गम्भीर छलफल गरेर हाम्रो बाटो तय गर्नेछौं। त्यतिबेलासम्म नआत्तिनुहोला।’

भूसालले यो कठिन समय भए पनि क्रान्तिकारीहरू प्रभावित हुन नहुने धारणा राखे। उनले यसबीचमा देशभक्त, प्रगतिशील, वामपन्थी, हिजो यही आन्दोलनमा रहेर आज विदेश गएकाहरूदेख समाजका प्रबुद्ध वर्ग, नागरिक समाजसँग रचनात्मक सुझाव मागिने बताए।

‘हाम्रो देशभक्ति, राष्ट्रियता, सामाजिक न्याय र समाजवादको आन्दोलनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सुझाव माग्नेछौं। नेकपा एकीकृत समाजवादीको आज बाँकी रहेका मान्छेहरूको पार्टी मात्र रहने छैन, यो नेपालको समाजवादी आन्दोलनको वाम, कम्युनिष्ट आन्दोलनको पार्टी हुनेछ भन्ने अपिल गर्दछु,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?