News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको स्वयम्भू महाचैत्यमा कात्तिक शुक्ल पूर्णिमाको दिन ८४ हजार धर्म स्कन्ध, ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कारसहित पूजा गरिएको छ।
- नमुना बुद्ध विहारका प्रमुख शरद भन्ते शिक्षुले यो पूजा विगत ६ वर्षदेखि निरन्तर गर्दै आएको र आज पनि भगवान बुद्धको देशना अनुसार पूजा गरिएको बताए।
- सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले महापरिनिर्वाण प्राप्त गरेको दिनको स्मरणमा विभिन्न कार्यक्रम हुने र बौद्धमार्गीहरूले यसलाई महापरिनिर्वाणको रूपमा बुझ्ने गरेका छन्।
१९ कात्तिक, काठमाडौं। काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार धर्म स्कन्ध (बुद्धको उपदेश/देशना), ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कार (भिक्षुले अपनाउने व्यवहार)ले कूल पूजा गरिएको छ ।
बुधबार मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर, धर्मचक्र बनाएर कूल पूजा गरिएको नमुना बुद्ध विहारका प्रमुख शरद भन्ते शिक्षुले बताए ।
उनले अनलाइनखबरसँग भने,’यो पूजा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन विगत ६ वर्षदेखि निरन्तर गर्दै आएका छौं। आज पनि भगवान बुद्धले देशना गर्नु भएको ८४ हजार धर्म स्कन्ध, ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कारसहित पूजा गरेका छौं।’
भिक्षु शरदका अनुसार स्वयम्भूमा बुद्धको देशनामा आमारित कथा वाचन समेत भएको र बुद्ध धर्ममा आस्था राख्ने उपासक र उपासिकाहरूको सहभागिता थियो।
आजकै दिन सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले महापरिनिर्वाण प्राप्त गरेका थिए।
भौतिक संसारबाट बिदा हुनुलाई बौद्धमार्गीहरुले महापरिनिर्वाणको रुपमा बुझ्छन् ।
बुद्ध धर्म र दर्शनलाई संसारभर प्रचार गर्ने क्षेत्रमा योगदान दिएका सारिपुत्रको स्मरणमा विभिन्न कार्यक्रम हुने गर्दछ।
हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया 4