+
+
Shares

जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ९:००

२० कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

गत बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।

बैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावउपर समेत निर्णय गर्ने बताइएको छ ।

आजै अशोक राई नेतृत्वको जनता समाजवादी (जसपा)को बैठक पनि बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?