+
+
Shares

फिटनेसदेखि ‘ब्यूटी विथ पर्पस’ सम्म : लुनाले थालिन् ‘मिस वर्ल्ड’ को तयारी

‘ब्युटी विथ पर्पस’ विधाका लागि उनले दूर चिकित्सा (टेलि-मेडिसिन) परियोजनालाई अघि बढाउने सोच बनाएकी छन् । जनस्वास्थ्यकी विद्यार्थी समेत भएकाले लुनाको रुचि दूर-चिकित्सातर्फ देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल २०२५ लुना लुइँटेलले सन् २०२६ को सुरुवाती महिनाहरूमा हुनसक्ने मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।
  • लुनाले मिस वर्ल्डका ब्यूटी विथ पर्पस, हेड टु हेड र फिटनेस विधाको तयारी तीव्ररुपमा गरिरहेकी छिन्।
  • उनले दूर चिकित्सा परियोजना अघि बढाउने, सञ्चार कला सिक्ने र योगसहित फिटनेसमा पनि ध्यान दिइरहेकी छिन्।

काठमाडौं । आउँदो विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व ‘मिस नेपाल २०२५’ लुना लुइँटेलले गर्ने भएकी छन् ।

यसको औपचारिक घोषणा हुन त बाँकी छ तर, प्रतियोगिताको तयारी उनले तीव्ररुपमा थालेकी छन् । प्रतियोगिता आयोजना स्थल र मिति पनि घोषणा हुन बाँकी छ ।

सन् २०२६ को सुरुवाती महिनाहरूमा आयोजना हुनसक्ने अनुमानको साथमा लुनाको तयारी भैरहेको छ । मिस वर्ल्डका महत्वपूर्ण विधा ब्यूटी विथ पर्पस, हेड टु हेड र फिटनेस विधाको तयारीमा उनी सक्रिय छिन् ।

‘ब्युटी विथ पर्पस’ विधाका लागि उनले दूर चिकित्सा (टेलि-मेडिसिन) परियोजनालाई अघि बढाउने सोच बनाएकी छन् । जनस्वास्थ्यकी विद्यार्थी समेत भएकाले लुनाको रुचि दूर-चिकित्सातर्फ देखिन्छ ।

‘हेड टु हेड च्यालेन्ज’ पनि महत्वपूर्ण भएकाले उनले पब्लिक स्पिकिङ, सञ्चार र अन्तक्रिया जस्ता क्षमता पनि अभिवृद्धि गर्ने तयारी गरेकी छन् । टोस्ट-मास्टर प्लाटफर्मबाट आफूले अभिव्यक्ति र सञ्चार कला सिक्ने उनको भनाइ छ ।

यसबाहेक जस्मिन फिटनेसमा उनले जिम, पौडी लगायतका फिटनेस कला सिकिरहेकी छन् । आफूले जितको लागि दबाब नलिएको र उत्कृष्ट दिन प्रयास हुने उनले बताइन् ।

‘मिस नेपालको प्रतिस्पर्धामा पनि मैले यस्तै सोचसहित प्रतिस्पर्धा गरेकी थिएँ’ लुनाले भनिन्, ‘मिस वर्ल्डमा पनि त्यही गर्नेछु ।’ उनले यसबाहेक योग पनि गर्दै आएकी छन् ।

कोभिडको कारण मिस वर्ल्डमा सहभागी हुने क्रम पनि बिथोलिएको थियो । अब हुने प्रतियोगितामा सन् २०२४ की मिस नेपाल आस्माकुमारी केसीको सहभागिता नहुने निश्चितजस्तै छ । यसकारण पनि, लुनाले आफ्नो तयारी तीव्ररुपमा अघि बढाएकी हुन् ।

तस्वीर : अविकृत मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?