News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'मिस वर्ल्ड'को ७५औँ संस्करण अगस्ट ९ देखि सेप्टेम्बर ५ सम्म भियतनाममा आयोजना हुने आयोजकले जनाएको छ।
- प्रतियोगिताको सुरुवात राजधानी हानोईमा सहभागीहरूको आगमनसँगै अगस्ट ९ मा हुनेछ भने अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर ५ मा हो ची मिन्ह सहरमा हुनेछ।
- नेपालबाट मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले प्रतियोगितामा सहभागिता जनाउँदैछिन् र उनी शारिरिक, मानसिक प्रशिक्षण र ब्युटी विथ पर्पस परियोजनामा ब्यस्त छिन्।
काठमाडौं । विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को ७५औँ वार्षिकोत्सव संस्करण यस वर्ष भियतनाममा आयोजना हुने भएको छ । प्रतियोगिता अगस्ट ९ देखि सेप्टेम्बर ५ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
आधिकारिक जानकारीअनुसार प्रतियोगिताको सुरुवात अगस्ट ९ मा राजधानी हानोईमा सहभागीहरूको आगमनसँगै हुनेछ भने अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर ५ मा हो ची मिन्ह सहरमा आयोजना गरिनेछ ।
यस ऐतिहासिक संस्करणको घोषणा मार्च २९ मा सम्पन्न मिस वर्ल्ड भियतनामको फाइनल कार्यक्रममा गरिएको हो । कार्यक्रममा मिस वर्ल्ड संगठनकी अध्यक्ष तथा सीईओ जुलिया मोर्ले र स्थानीय आयोजक तथा सह-निर्माता ‘सेन भाङ’का प्रतिनिधिहरू सहभागी थिए ।
सन् १९५१ मा एरिक मोर्लेले स्थापना गरेको मिस वर्ल्डको पहिलो संस्करण लन्डनमा आयोजना गरिएको थियो । यस वर्ष संगठनले ‘ब्युटी विथ अ पर्पस’ अवधारणासहित आफ्नो ७५ वर्षको यात्रा मनाउँदै ७३औँ संस्करण प्रस्तुत गर्न लागेको हो ।
हाल मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले र वर्तमान मिस वर्ल्ड थाइल्याण्डकी ओपाल सुचाटा पनि भियतनाममै छन् । उनीहरूले स्थानीय आयोजकसँग मिलेर यस ऐतिहासिक कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।
यसवर्ष नेपालबाट मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले सहभागिता जनाउँदैछन् । लुना केही महिनादेखि यसको तयारीमा जुटेकी छन् । लुना यतिबेला शारिरिक र मानसिक प्रशिक्षणदेखि ब्युटी विथ पर्पस परियोजनामा ब्यस्त छिन् ।
प्रतिक्रिया 4