+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब

सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीले ५ करोड अमेरिकी डलर अनुदान थप गर्ने घोषणा गरेको छ।
  • यो अनुदानसँगै कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर पुगेको छ, जसमा अमेरिकाको ५५ करोड र नेपालको १९ करोड ७० लाख डलर छ।
  • अमेरिकी दूतावासले अनुदानले ऊर्जा प्रणाली सुदृढीकरण र क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्ने जनाएको छ।

३ मंसिर, काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान रकम थप्ने घोषणा गरेका छन् ।

योसँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधार पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणाली सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि सम्भव बनाउने जस्ता मुख्य उद्देश्य पूरा गर्न मद्दत गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँच सुधार गरी यो सम्झौताले अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यास प्रवर्द्धन गर्ने अपेक्षा छ ।

सम्झौताले अमेरिकी प्रविधि र कम्पनी नेपाली बजारमा प्रवेश गर्ने अवसर विस्तार गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको चीरस्थायी साझेदारी प्रतिविम्बित गर्नेसमेत दूतावासको भनाइ छ ।

‘दशकौंसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धि अघि बढाउन सँगै काम गरेका छन्, एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायता मार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ,’ अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा छ ।

एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ हुँदा त्यसबाट बढ्ने लागत पूर्तिका लागि अनुदान बढाउने निर्णय गरिएको हो ।

अमेरिकी संसद् (कंग्रेस) लाई १८ डिसेम्बर २०२४ मा एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्न चाहेको बारे सूचना दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?