+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
९९ बलमा १४४ रन आवश्यक
विराटनगर किंग्स 2025
17/1 (3.3)
Shares

दूधकोशी जलविद्युत् आयोजनामा अनुदान लगानी गर्ने ईयूको प्रतिबद्धता

बैठकमा ईयूले नेपाललाई गरिरहेको विकास सहायता सम्बन्धी योजना र सञ्चालित कार्यक्रम र आयोजना समीक्षा गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपेली युनियनले दूधकोशी जलविद्युत् आयोजनामा अनुदान लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
  • नेपाल र ईयूबीच विकास सहायता सम्बन्धी ८औं सबकमिसन बैठक बेल्जियमको ब्रसेल्समा भएको थियो।
  • बैठकमा ईयूले स्वच्छ ऊर्जा, मानव संसाधन विकास र सार्वजनिक वित्त व्यवस्थापनमा सहयोग निरन्तरता दिने सहमति जनाएको अर्थ मन्त्रालयले जनाएको छ।

१२ मंसिर, काठमाडौं । युरोपेली युनियन (ईयू) ले दूधकोशी जलविद्युत् आयोजनामा अनुदान लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल र ईयूबीच विकास सहायता सम्बन्धी ८औं सबकमिसन बैठकमा यस्तो प्रतिबद्धता जनाइएको हो । बैठक बिहीबार बेल्जियमको ब्रसेल्समा बसेको थियो ।

बैठकमा ईयूले नेपाललाई गरिरहेको विकास सहायता सम्बन्धी योजना र सञ्चालित कार्यक्रम र आयोजना समीक्षा गरिएको थियो । समीक्षा बैठकमा ईयूले नेपालमा स्वच्छ र हरित ऊर्जा, मानव संसाधन विकास र सार्वजनिक वित्त व्यवस्थापनमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन सहमति जनाएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालका तर्फबाट ऊर्जा क्षेत्रमा ईयूको थप सहयोग अपेक्षा गरिएको थियो । जस अनुसार दूधकोशी जलविद्युत् आयोजनामा अनुदान लगानी हुने अपेक्षा जनाइएको थियो ।

ईयूले अनुदान सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको समेत मन्त्रालयले जनाएको छ । बैठकमा ईयूले उक्त आयोजनामा लगानीको आवश्यकता पूरा गर्न सम्मिश्रित वित्त, ग्यारेन्टी जस्ता नयाँ वित्तीय उपकरण उपयोग गर्न सुझाव दिएको छ ।

बैठकमा प्राविधिक तथा व्यावसायिक शिक्षामा समेत ईयूको आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा दुवै पक्षबीच छलफल भएको थियो ।

नेपालका तर्फबाट विद्यमान राजनीतिक परिस्थिति निर्वाचन उन्मुख रहेको र अर्थतन्त्रका समष्टिगत सूचक अनुकूल रहेको जानकारी गराइएको थियो । साथै, निजी क्षेत्रको विकास र वैदेशिक लगानी प्रवर्द्धनमा ईयूका तर्फबाट थप सहयोगको अपेक्षा गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?