+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच   

पनौती नगरपालिका–२ कुशादेवीस्थित बोलखे गाउँको ६० परिवार र रोशी गाउँपालिका–११ भिमखोरीको ६३ परिवारमा प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन गरिएको हो ।    

रासस रासस
२०८२ मंसिर ४ गते १४:१९
प्रतीकात्मक तस्वीर

४ मंसिर,  काभ्रेपलाञ्चोक । काभ्रेको पनौती र रोशीका १२३ घर परिवारलाई खानेपानीको पहुँच विस्तार गरिएको छ ।

पनौती नगरपालिका–२ कुशादेवीस्थित बोलखे गाउँको ६० परिवार र रोशी गाउँपालिका–११ भिमखोरीको ६३ परिवारमा प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन गरिएको हो ।

बोलखे गाउँमा खानेपानी व्यवस्थापनपछि सुरक्षित खानेपानीयुक्त समुदायसमेत घोषणा गरिएको छ ।

स्वीस सरकार र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दिगो विकासका लागि नागरिक मञ्च (सिविक) फोरमको सहजीकरणमा ६० घरधुरीमा खानेपानी पुर्‍याइएको हो ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा गत साउन १५ गते जारी ‘सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२’ अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचक पुरा भएपछि ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको हो ।

४० हजार रुपैयाँ श्रमदानसहित ३ लाख ४२ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त खोनेपानी योजनाअन्तर्गत एक इन्टेक निर्माण गरी संरचनाको सुरक्षार्थ काँडेतारबार लगाईएको छ भने ४ सय मिटर पाइप, ‘एन्फो’ पानी परीक्षण किट खानेपानी सरसफाई तथा उपभोक्ता समितिलाई उपलब्ध गराइएको छ ।

प्रत्येक घरधुरीका सदस्यलाई सरसफाई प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत गरिएको फोरमका कार्यकारी अधिकृत बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार यस योजनामा पानी शुद्धिकरणका लागि स्वचालित ‘क्लोरिनेशन’ प्रणाली जडान गरिएको छ ।

यसैगरी बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोजना मार्फत् ६३ परिवारका ३ सय ७२ लाभान्वित भएका छन् ।

८४ लाख ६१ हजार २ सय ५९  रुपैयाँ र जनश्रमदान बापत ५ लाख ६२ हजार ६ सय ६२  रुपैयाँ गरी ९० लाख २३ हजार ९ सय २१  रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका डिभिजन प्रमुख सृष्टि ख्वालपालले जानकारी दिए । उक्त आयोजनामार्फत ५ हजार ६ सय ५० मिटर टाढा रहेको मुहानबाट पानी ल्याएर प्रत्येक घरमा वितरण गरिएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?