+
+
WC Series
काठमान्डु गोर्खाज 2025
71/4 (11.3)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

जनकपुरधाममा सीताराम विवाह पञ्चमी रौनक (तस्वीरहरू)

आज दिउँसो एतिहासिक रंगभूमि मैदान बाह्र बिघामा राम र जानकीको स्वयम्बर गरिएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ मंसिर ९ गते १५:३५

९ मंसिर, जनकपुरधाम । जनकपुरधाममा आज सीताराम विवाह पञ्चमीको रौनक छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्यदिन आज त्रेया युगमा भए जस्तै राम र जानकीको विवाह गर्ने प्रचलन छ । आज दिउँसो एतिहासिक रंगभूमि मैदान बाह्र बिघामा राम र जानकीको स्वयम्बर गरिएको छ ।

दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर भव्य रूपमा स्वयम्बर भएको हो ।

ढोल पिपही, सहनाई, बैन्ड बजा र पञ्चेबाजासहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्बर गर्ने प्रचलन छ ।

डोला र स्वयम्बरको दर्शन गर्न जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्म खचाखच दर्शनार्थीको भीड छ । स्वयम्बरको बेला हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको छ ।

स्वयम्बर पश्चात दुवै डोलालाई नगरपरिक्रमा गराइँदै छ । जानकी मन्दिर पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार रातभर विवाहको काज हुने छ । भोलि राम कलेवा गरी सप्ताहव्यापी विवाह पञ्चमी सम्पन्न हुनेछ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?