+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

सकियो साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव (तस्वीरहरू)

रामकलेवा गरी सप्ताह व्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ मंसिर १० गते १५:०३

१० मंसिर, जनकपुरधाम । रामकलेवा गरी सप्ताह व्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । राम र जानकीको विवाह पश्चात जन्तीको रूपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्ठान भोजन गराई बिदाइ गरी महोत्सव सम्पन्न भएको हो ।

आज पनि जानकी मन्दिर प्रांगणमा साधुशन्तलाई मिष्ठान भोजन गराई दान दक्षिणा दिएर स-सम्मान बिदाइ गरिएको हो । यो  विधिलाई रामकलेवा भन्ने गरिन्छ ।

साधुशन्तलाई दक्षिणामा न्यानो चादर, कमण्डल र रुपैयाँ पैसा दिइएको छ

जानकी मन्दिरको प्रांगणमा हुने राम कलेवामा मिथिलाको पहिचान झल्किने सांस्कृति गीतनाद प्रस्तुत गरि हास्य व्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ । रामकलेवा हेर्न दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।

यसअघि हिजो दिउँसो वैदिक परम्परा अनुसार स्वयम्बर तथा रातभर विवाहको काज चलेको थियो ।

त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

४ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौंदिन मटकोर, छैटौं दिन विवाहपञ्चमी मनाइएको थियो ।

आज सातौं अतर्थात अन्तिम दिन आज रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?