News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल कोस्मो दीपशिखा नेपाल बुधबार बिहान सौन्दर्य प्रतियोगिता 'मिस कोस्मो २०२५' मा सहभागी हुन प्रस्थान गरेकी छन्।
- मिस नेपाल वर्ल्ड लुना लुइँटेल, मिस नेपाल अर्थ सोनी घले र द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापितले दीपशिखालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना दिए।
- 'मिस कोस्मो २०२५' को ग्रान्ड फिनाले २० डिसेम्बरमा भियतनामको चि मिन्ह सहरमा आयोजना हुँदैछ र ८० मुलुकका डेलिगेट्सले प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो २०२५’ मा सहभागी हुन ‘मिस नेपाल कोस्मो’ दीपशिखा नेपाल बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिस नेपाल वर्ल्ड लुना लुइँटेल, मिस नेपाल अर्थ सोनी घले र द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापित लगायतले शुभकामनासहित बिदाइ गरे ।
‘मिस कोस्मो’ सन् २०२४ बाट सुरु भएको हो । दोस्रो संस्करणको ग्रान्ड फिनाले २० डिसेम्बर २०२५ मा तय छ । फिनाले भियतनामको हो चि मिन्ह सहरको क्रिएटिभ पार्कमा आयोजना हुँदैछ ।
त्यसअघि भियतनामका विभिन्न सहर र प्रदेशमा सांस्कृतिक र सामाजिक प्रदर्शनहरू हुने आयोजक युनि-मिडियाले जनाएको छ । ८० मुलुकका डेलिगेट्सले यस संस्करणमा प्रतिस्पर्धा गर्दैछन् ।
यसैबीच, ‘मिस इन्टरनेसनल २०२५’ को ग्रान्ड फिनाले विहिबार जापानको टोक्योमा आयोजना हुँदैछ । जहाँ, मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछिन् ।




प्रतिक्रिया 4