+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

नार्कका ६ वैज्ञानिकसहित ११ कर्मचारी अध्ययन बिदापछि सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १४ गते ७:३४

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का ६ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरुलाई सेवाबाट हटाउने प्रक्रिया समेत थालिएको छ ।

अध्ययन बिदा लिएदेखि अनुपस्थित हुनेहरुमा वैज्ञानिकहरु अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगर छन् ।

यसैगरी डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि अनुपस्थित छन् ।

उनीहरु अध्ययन बिदामा बस्नुअघि बिदापछि हाजिर हुन आउने कबुलियतनामा गराएका थिए । तर कबुलियतनामाका सर्त समेत उल्लंघन गरेर हाजिर हुन नआएको परिषदले जनाएको छ ।

त्यसैले स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले सार्वजनिक सूचना निकालेर अनुरोध गरेको छ । उनीहरुको नामावली सार्वजनिक गर्दै परिषदले सूचनामा लेखेको छ, ‘…परिषदको कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) (क)को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?