News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी आयोजना गरिएको छ।
- प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ र पहुँच सहज बनाऔँ भन्ने नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो।
- प्रभातफेरी खुलामञ्चबाट सुरु भई भृकुटीमण्डपमा सभामा परिणत भएको र सङ्घ, प्रदेश, स्थानीय तहका प्रतिनिधि सहभागी भएका थिए।
१७ मंसिर, काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा प्रभातफेरी आयोजना गरिएको हो ।
प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उहाँहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो ।
खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, सरोकार भएका निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका प्रतिनिधि सहभागी थिए ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन प्रारम्भ भएको हो ।
प्रतिक्रिया 4