+
+
Shares

लोडसेडिङ हटेकै दिन कुलमानलाई अगुवा मानेको थिएँ : रिमा विश्वकर्मा

उनले भनिन्, ‘अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेका छौं । यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १४:२९

१७ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गरेकी छिन् ।

उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले आफ्नो जीवनमा राजनीति चेत आएसँगै सबैभन्दा बढी प्रभाव पार्ने निर्णय नै लोडसेडिङ अन्त्यको निर्णय भएको बताइन् ।

‘देशले परिणाममुखी नेतृत्व खोजिरहेको छ । म जन्मिएदेखि जब राजनीतिक चेत ममा आयो । यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो जीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको थियो र असर गरेको थियो भने त्यो लोडसेडिङको निर्णय थियो,’ उनले भनिन् ।

उनले सोही दिनदेखि कुलमान घिसिङलाई अगुवा मानेको पनि सम्बोधनको क्रममा बताइन् ।

‘मैले त्यही दिन कुलमान घिसिङलाई आफ्नो अगुवा मानेको थिएँ । १८ घण्टे लोडसेडिङ हटाएर कुलमान जोजोले तपाईं हाम्रो घरमा उज्यालो त ल्याइसक्नुभयो,’ उनले भनिन्, ‘अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेका छौं । यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो ।’

उनले सक्रिय राजनीतिमा सहभागी हुने यो नै उपयुक्त समय रहेको बताइन् ।

‘अब सक्रिय राजनीतिमा आउन ढिला भइसक्यो । सक्रिय राजनीतिमा आउने उपयुक्त समय आज र अहिले नै हो,’ विश्वकर्माले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?