+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मेहेन्दीमा रमाइन् पूजा, शनिबार गर्दैछिन् विवाह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग भक्तपुरको रिसोर्टमा विवाह गर्दैछिन्।
  • शुक्रबार पूजाले झम्सिखेलस्थित आफ्नो रेस्टुरेन्टमा मेहेन्दी लगाइन्, जहाँ निकट कलाकार र आफन्त सहभागी थिए।
  • मेहेन्दी उत्सवमा युद्ध पनि उपस्थित थिए र विवाहमा दुवैले फिल्मकर्मी तथा संचारकर्मीलाई निम्तो दिएका छन्।

काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्दैछिन् ।

भक्तपुरको एक रिसोर्टमा विवाह समारोह आयोजना गरिएको छ ।

त्यसअघि शुक्रबार पूजाले झम्सिखेलस्थित आफ्नो रेस्टुरेन्टमा मेहेन्दी लगाइन् । मेहेन्दी उत्सवमा निकट कलाकार र आफन्त सहभागी थिए ।

मेहेन्दीमा पूजाले युद्धको चित्र बनाएकी छिन् । मेहेन्दी कला पनि आकर्षक देखिन्छ । युद्ध पनि मेहेन्दी उत्सवमा पुगेका थिए । प्राप्त तस्वीरमा यी दुईजनालाई खुसी देख्न सकिन्छ ।

शनिबार हुने विवाहमा पनि युद्ध र पूजाले आफू निकट फिल्मकर्मी, संचारकर्मीलाई निम्तो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?