+
+
Shares

पूर्वमिस्टर नेपाल उपाध्यायले अछाम २ बाट चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस्टर नेपाल सन्तोष उपाध्यायले अछाम २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन्।
  • नेपाली कांग्रेस अछामले उनलाई प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा केन्द्रमा सिफारिस गरेको छ।
  • सन्तोषले हावर्डबाट स्नातकोत्तर गरेका छन् र सन् २०१९ का मिस्टर नेपाल विजेता हुन्।

काठमाडौं । पूर्वमिस्टर नेपाल तथा टिभी होस्ट सन्तोष उपाध्यायले अछाम २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट उनले आफूलाई सघाउन आग्रह समेत गरेका छन् ।

नेपाली कांग्रेस अछामले उनको नामलाई प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा केन्द्रमा सिफारिस गरेको छ । यदि त्यसो नभए, स्वतन्त्र उम्मेदवारको रुपमा भएपनि चुनाव लड्ने तयारी उनको छ ।

चाँडै अछामतिर लागेर चुनावको तयारी तीव्ररुपमा अघि बढाउने उनको योजना छ । जेनजी आन्दोलनपछि उनले नेविसंघबाट राजीनामा समेत दिएका थिए ।

अछाम जिल्ला घर भएका सन्तोष चिकित्सक हुन् । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतामा छात्रवृतिमा नाम निकालेका सन्तोषले पढाइसँगै करारको २ वर्ष अछामको कमलबजार प्राथमिक स्वास्थ्यकेन्द्रमा सेवा दिएका थिए ।

उनी हावर्डबाट ‘लिडरसिफ इन मेडिसिन’ विषयमा स्नातकोत्तर गरेर नेपाल फर्किएका हुन्। उनी सन् २०१९ का मिस्टर नेपालका विजेता समेत हुन् ।

सन् २०२१ मा पोल्याण्डमा भएको मिस्टर सुपरनेसनल प्रतियोगितामा तेस्रो रनर अप बन्न सफल भएका थिए । उनले कान्तिपुर टिभीमा गुड मर्निङ नेपालका टिभी होस्टको रुपमा समेत काम गरिसकेका छन् ।

देश बनाउनुपर्छ भन्ने लागेर आफू राजनीतिमा होमिन लागेको उनले बताए । सरकारले २१ फागुनलाई प्रतिनिधिसभा चुनावको मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?