+
+
Shares

सन्तोष उपाध्यायले गरे चुनाव नलड्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस्टर नेपाल सन्तोष उपाध्यायले अछामबाट चुनाव नलड्ने घोषणा गरेका छन्।
  • उनीले उम्मेदवारी नदिने निर्णय जिम्मेवारी र राष्ट्रिय आवश्यकतालाई बुझेर लिएको बताएका छन्।
  • सन्तोषले अछामको विकासका लागि आफ्नो तन, मन र क्षमता समर्पण गर्न तयार रहेको उल्लेख गरेका छन्।

६ माघ, काठमाडौं । पूर्वमिस्टर नेपाल तथा टिभी होस्ट सन्तोष उपाध्यायले अछामबाट चुनाव नलड्ने घोषणा गरेका छन् । उम्मेदवारी दर्ताकै दिन उनले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

अछामको विकासका लागि आफ्नो तन, मन र क्षमता समर्पण गर्न पूर्ण रूपमा तयार रहेको बताउँदै आएका सन्तोष उपाध्यायले उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन्। उनले यो निर्णय हारका कारण नभई जिम्मेवारी र राष्ट्रिय आवश्यकतालाई बुझेर लिएको स्पष्ट पारेका छन्।

‘अछामलाई मेरो खाँचो थियो, तर आज देशलाई मेरो संयमताको खाँचो पर्‍यो’  उनले सामाजिक सञ्जालमा लेखेका छन् । सकेसम्म जुटेर, सम्हालिएर र समझदारीका साथ अगाडि बढे मात्रै गन्तव्यमा पुग्न सकिने उनले विश्वास व्यक्त गरेका छन्।

उनले परिवर्तनको आवाज उठिसकेको तर त्यो अझै अधुरो रहेको उल्लेख गर्दै, उक्त अधुरो परिवर्तनलाई राजनीति र सदनभित्रबाट मात्र होइन, बाहिर बसेर पनि पूरा गर्न सकिने धारणा राखेका छन्।

यसअघि उनले अछाम-२ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए ।

अछाम जिल्ला घर भएका सन्तोष चिकित्सक हुन् । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतामा छात्रवृतिमा नाम निकालेका सन्तोषले पढाइसँगै करारको २ वर्ष अछामको कमलबजार प्राथमिक स्वास्थ्यकेन्द्रमा सेवा दिएका थिए ।

उनी हावर्डबाट ‘लिडरसिफ इन मेडिसिन’ विषयमा स्नातकोत्तर गरेर नेपाल फर्किएका हुन्। उनी सन् २०१९ का मिस्टर नेपालका विजेता समेत हुन् ।

सन् २०२१ मा पोल्याण्डमा भएको मिस्टर सुपरनेसनल प्रतियोगितामा तेस्रो रनर अप बन्न सफल भएका थिए । उनले कान्तिपुर टिभीमा गुड मर्निङ नेपालका टिभी होस्टको रुपमा समेत काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?