+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अर्पन बैंक्वेटमा जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १३:१२

३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । नयाँ नेतृत्व चयन भएपछि दोस्रोपटक बैठक बसेको हो ।

बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालयमा शेरबहदुर देउवा समूह भएकोले बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको छ ।

आजको बैठकमा पहिलो बैठकका निर्णयहरुका साथै आसन्न निर्वाचन केन्द्रित छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएको थियो । त्यससँगै पार्टी गतिविधि तीव्र पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?