News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली र्याप गायक भ्योमाले प्रेमिका श्वेता मिश्रसँग इन्गेजमेन्ट गरेको सामाजिक सञ्जालमार्फत आइतबार जानकारी दिएका छन्।
- भ्योमाले सन् २०२० मा सुरु भएको लङ डिस्टेन्स रिलेसनसिपबाट इन्गेजमेन्टसम्मको यात्रा साझा गर्दै प्रशंसकलाई मर्मस्पर्शी नोट सेयर गरेका छन्।
- उनका गीतहरूले सामाजिक, सांस्कृतिक र राजनीतिक विषयमा व्यङ्ग्य र भावनात्मक कवितात्मक शब्द प्रस्तुत गर्छन् र प्रशंसकले बधाइ दिइरहेका छन्।
काठमाडौं । पछिल्लो समयका चर्चित नेपाली र्याप गायक, हिपहप कलाकार, गीतकार तथा पर्फमर भ्योमाले प्रेमिका श्वेता मिश्रसँग इन्गेजमेन्ट गरेका छन् । यो जोडीले सामाजिक सञ्जालबाट आइतबार बिहान खबर सार्वजनिक गरेको छ ।
दुर्गेश थापासँगको कोल्याबमा शनिबार राती ‘नाच नाच भाइ नाच’ गीत सार्वजनिक गरेको एक दिनपछि भ्योमाले इन्गेजमेन्ट घोषणा गरेका हुन् ।
इन्गेजमेन्टबारे जानकारी दिँदै भ्योमाले प्रशंसकको लागि एउटा सुन्दर र मर्मस्पर्शी नोट पनि सेयर गरेका छन् ।
भ्योमा लेख्छन्, ‘ हामीले सधैंभरि साथ रहने वाचा गर्दै इन्गेजमेन्ट गर्यौं । हाम्रा विगतका सबै अनुभवहरू अब जीवनभरको सुन्दर साथमा बदलिएका छन् । हाम्रो यात्रा सन् २०२० मा एउटा सामान्य ‘इन्स्टाग्राम स्टोरी’ को रिप्लाईबाट सुरु भएको थियो, तर हामीलाई थाहा थिएन कि यसले हाम्रो जिन्दगी नै बदलिदिनेछ । लामो दूरीको सम्बन्ध (लङ डिस्टेन्स रिलेसनसिप) देखि अहिलेसम्म आइपुग्दा हामीले धेरै उतारचढाव, संघर्ष र चुनौतीहरू देख्यौं । तर हरेक मोडमा हामीले एकअर्कालाई रोज्यौं र हाम्रो सम्बन्ध झन् बलियो हुँदै गयो । अहिलेसम्मको यो यात्राको लागि म धेरै खुसी छु र आउने दिनहरूको लागि निकै उत्साहित छु ।’

सामाजिक सञ्जालमा भ्योमा र श्वेतालाई प्रशंसकले बधाइ दिइरहेका छन् ।
भ्योमाका गीतमा समाजका कुरादेखि लिएर राजनीतिमाथि व्यङ्ग्य र भावनाले भरिएका कवितात्मक शब्दहरू सुन्न पाइन्छ । उनका कतिपय गीतले सामाजिक र सांस्कृतिक परिवेशलाई झल्काउँछन् भने कतिपय गीत र्याप र ‘स्पोकन वर्ड’ (बोलेर गरिने काव्यिक प्रस्तुति) मा केन्द्रित हुन्छन् ।
गतिलो, ह्वाइट कलर, सरल भाव, हजार कदम, बाल दे, अत्ति भो उनका हिट गीतहरू हुन् ।


प्रतिक्रिया 4