News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘द ब्लू लाइट’ को प्रिमियर सिभिल मलस्थित क्यूएफएक्स सेन्ट्रल सिनेमा हलमा देशब्यापी रिलिजको पूर्वसन्ध्यामा गरिएको छ।
- अभिनेत्री तथा निर्मात्री बेनिशा हमालले ‘रोयल ब्लू’ चम्किलो आउटफिटमा प्रिमियरमा भाग लिएर आफ्नो डेब्यू फिल्म निर्माण र डिजिटल वितरण पनि भएको जानकारी दिइन्।
- बलिराम चौहान निर्देशित ‘द ब्लू लाइट’ मल्टिस्टारर फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं । देशब्यापी रिलिजको पूर्वसन्ध्यामा फिल्म ‘द ब्लू लाइट’ लाई प्रिमियर गरिएको छ । सिभिल मलस्थित क्यूएफएक्स सेन्ट्रल सिनेमा हलमा आयोजित प्रिमियरमा ‘कास्ट एन्ड क्रू’ सहित फिल्मकर्मी सहभागी रहे ।
अभिनेत्री तथा निर्मात्री बेनिशा हमाल प्रिमियरमा आकर्षणकी केन्द्र बनिन् । उनको ‘फेसन स्टेटमेन्ट’ मात्र होइन, उनको डेब्यू फिल्म निर्माण र डिजिटल वितरण पनि भएकाले बेनिशा प्रिमियरमा चम्किइन् ।
बेनिशा ‘रोयल ब्लू’ चम्किलो आउटफिटमा सहभागी भएकी थिइन् । फिल्मको थिमसँग मिल्ने पहिरन लगाएर उनी त्यहाँ सहभागी भइन् । प्रिमियरमा यो थ्रीलर ड्रामाका कलाकार र निर्देशक पनि त्यहाँ थिए ।
छायाँकार नरेन्द्र मैनाली, कलाकार अर्पण थापा, अभिनेत्री नीति शाह, वितरक दीपक दंगाल पनि प्रिमियरमा सहभागी रहे । बलिराम चौहान निर्देशित यो मल्टिस्टारर फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, आयुष्मान जोशीको पनि अभिनय छ ।
‘द ब्लू लाइट’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।







प्रतिक्रिया 4