News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'द ब्लू लाइट' को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ र यो मनोवैज्ञानिक थ्रीलर कथावस्तुमा आधारित छ।
- अभिनेत्री बेनिशा हमालले यो फिल्मको कार्यकारी निर्माता र अभिनेत्रीको रूपमा डिजिटल अधिकार लिने कार्य थालेकी छन्।
- फिल्म १६ माघदेखि प्रदर्शनमा आउनेछ र दीपक दंगालको एनसीजीएन ग्रुपले वितरण गर्नेछ।
काठमाडौं । मनोवैज्ञानिक थ्रीलर कथावस्तुमा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । अभिनेत्री बेनिशा हमालको फिल्म निर्माण कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो ।
बेनिशाले यो फिल्मबाट डिजिटल अधिकार लिने कार्य थालेकी हुन् । उनी यो फिल्मकी कार्यकारी निर्मात्री तथा अभिनेत्री समेत हुन् । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे खुलासा गर्छ ।
प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दाको कथा चित्रण यसमा छ । अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने सारांश ट्रेलरमा देख्न सकिन्छ ।
बलिराम चौहानको निर्देशन रहेको फिल्ममा आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको अभिनय पनि छ । बालकलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्लू लाइट’को सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । कार्यकारी निर्मातामा भने छायाँकार समेत रहेका नरेन्द्र मैनाली र बेनिशा छन् ।
‘द ब्लू लाइट’ १६ माघदेखि प्रदर्शन तयारीमा छ । यो फिल्मलाई दीपक दंगालको एनसीजीएन ग्रुप र अशोक शर्माको डीसीएनले वितरण गर्दैछ ।
प्रतिक्रिया 4